नेपाली काँग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान

नेपाली काँग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान

कपन अनलाइन 

काठमाडौं असार २५।गणेशमान सिंह फाउन्डेसनले नेपाली काँग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरिएको  छ ।गणेशमान सिह फाउन्डेसनका अध्यक्ष, नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले नेताद्वयका घरमानै पुगेर खरेल र बादेलाइ सम्मान गरेका हुन। खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपा नै पुगेर  सम्मान गरिएको थियो ।

नेपाली काँग्रेसमा रहेर निष्ठाको राजनीति गरेका  र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मुल्यांकनसहित सम्मान गरिएको सिंहले जानकारी दिए । नगद २५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।प्रतिस्ठानले उहाँहरु लगायत श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसल काठमाण्डौ, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदिपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको जनाएको छ ।

नेपालकाे प्रजातान्त्रिक आन्दोलनका अंग्रजहरुलाई उहाँहरुकाे याेगदानकाे सम्मान स्वरुप सम्मान गरिदै जाने फाउन्डेसन ले जनाएकाे छ । लकडाउनकाे कारण विशेष कार्यक्रम गर्न नसकिएकाले भाैतिक दुरि कायम गर्दै उहाँहरुकाे निवासमै पुगेर सम्मान गरिएकाे हाे ।

तपाइँको प्रतिक्रिया ।