बुढानिलकण्ठका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको PCR परिक्षण

बुढानिलकण्ठका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको PCR परिक्षण

कपन अनलाइन

काठमाडौं ,असार २५।

बुढानीलकण्ठ नगरपालिका वडा नं.-१० मा आरटी पिसिआर विधीद्वारा कोरोना भाइरस जाँचको लागि हिजो ३६ जनाको थ्रोट स्वाव संकलन गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टिमले हिजो २४ गते  वडा १०  कार्यालयको हलमा बूढानीलकण्ठ-१२ कि कोरोना संक्रमण भएकी ८० बर्षिया महिलाको परिवारका सदस्य, बूढानीलकण्ठ -१० ज्योतिनगरका ६५ बर्षिय कोरोना संक्रमित पुरुषको नजीक सम्पर्कमा रहेका व्यक्तिहरु र सुरक्षाकर्मीहरुको   थ्रोट स्वाव संकलन गरिएको थियोे।

आरटी पिसिआरबाट कोरोना भाइरसको जाँच गर्न  १३ जना महिला र २३ जना पुरुषको गरि कुल ३६ जनाको थ्रोट स्वाव संकलन गरिएको हो।संक्रमित व्यक्तिहरुको परिवार र अन्य क्षेत्रमा रहेका व्यक्तिहरुको परिक्षणका लागि स्वाव संकलन गरिएको  स्वास्थ्य शाखा  प्रमुख कुमार दाहालले जानकारी दिदै त्रसित नहुन आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।