लायन्स क्लब द्वारा ललितपुरको मदन स्मारक स्कुल प्रांगणमा वृक्षारोपण

लायन्स क्लब द्वारा ललितपुरको मदन स्मारक स्कुल प्रांगणमा वृक्षारोपण

कपन अनलाइन  

काठमाडौं ,असार २५। हरियाली प्रवर्धनकाका लागि  वृक्षारोपण गरिएको छ  ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको  लायन्स क्लब अफ काठमाडौं ललितपुर, लायन्स क्लब अफ काठमाडौं जनभावना,लायन्स क्लब अफ काठमाडौं वर्ल्ड भिजन र लायन्स क्लब अफ काठमाडौं भ्याली सेन्टिनियल को संयुक्त आयोजनामा  पुल्चोक ललितपुर स्थित मदन स्मारक स्कुल प्रांगणमा आज बिहान वृक्षारोपण गरिएको हो  ।

लाईनिष्टिक इएर  वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लबहरुले बिभिन्न सामाजिक कार्य लाइ सप्ताहब्यापी रुपमा मनाउने उदेश्यले सहित आज करिब ६० वटा फलफुलका  बिरुवा रोपिएको थियो ।वातावरणमा जलवायु परिवर्तनबाट हुने हानि नोक्सानि रोक्न साथै  हरियाली प्रवर्दनका लागि   वृक्षारोपण गरिएको लायन्स क्लब का जी एस टि कोर्डिनेटर लायन  लायन दिपेन्द्र सिम्खडाले बताए ।

वातावरणलाई स्वच्छ राख्दा मात्र स्वास्थ्य रहने हुदा वातावरण जोगाउ भन्ने उद्धेश्यले वृक्षारोपण कार्यक्रम गरिएको  उनले स्पष्ट पारे । बर्षभरीमा करिब १०४ वटा बिभिन्न सामाजिक कार्यक्रम आयोजना  गर्ने  उदेश्य  सहित विभिन्न् क्लबको संयुक्त रुपमा कार्यक्रम  राखेको बताउदै  जहा समस्या त्यहा लायन्स भन्ने नाराले समाजामा सकारात्मक सन्देश दिने उदेश्यले समेत वृक्षारोपण  कार्यक्रम गरिएको  उनले बताए ।

जोन चियर पर्सन इन्द्र खत्रीको जोन अन्तर्गत  रहेका चार वटा लायन्स क्लबको संयुक्त रुपमा आयोजित  कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व क्याबिनेट सेक्रेटरी लायन  विकास अधिकारी,    डिस्ट्रिक  सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ,जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन  दिपेन्द्र सिंखडा ,डिस्ट्रिक ट्रेजरर लायन श्याम कुमार यादब,  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।