शंखरापुर नगरपालिकामा लायन्स क्लब द्वारा वृक्षारोपण

शंखरापुर नगरपालिकामा लायन्स क्लब द्वारा वृक्षारोपण

कपन अनलाइन  

काठमाडौं ,असार २५। हरियाली प्रवर्धनका साथै सडक सौन्दर्य बढाउनको लागि  शंखरापुर नगरपालिका वडा नं ७ को सडक किनारमा वृक्षारोपण गरिएको छ  ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतकोलायन्स क्लब अफ साँखु ,लायन्स क्लब अफ काठमाडौं मणिचूड लगायत ६ वटा लायन्स क्लबहरुको सयुक्त आयोजना तथा शंखरापुर नगरपालिका संगको समन्वयमा  शंखरापुर नगरपालिका वडा नं. ७ स्थित धुल्ला महादेव स्थान देखि कोलागाल सम्म सडकको दायाँ बायाँ  वृक्षारोपण गरिएको हो ।

लाईनिष्टिक इएर  वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लबहरुले    सामाजिक कार्य लाइ सप्ताहब्यापी रुपमा मनाउन संयुक्त रुपमा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ।  त्यसै  अनुरुप  शंखरापुर नगरपालिकामा वृक्षारोपण गरिएको हो ।

शंखरापुर नगरपालिका प्रमुख  सुबर्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरु सहित स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रमको नगर प्रमुख सुवर्ण श्रेष्ठले धुपीको बोट रोपि उक्त वृक्षारोपण  कार्यक्रमको शुभारम्भ गरेका थिए । नगरपालिकाले उपलब्ध गराएको करिब १ सय ५०  वटा   बिरुवाहरु रोपिएको उक्त कार्यक्रमको संयोजक लायन्स क्लब साँखुका पुर्ब अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी गराए । वातावरण संरक्षण सबैको साझा विषय भएकोले यो कामलाई  अगाडी बढाएको कार्यक्रम संयोजकलायन्स क्लब साँखुका पुर्ब अध्यक्ष राजकुमार श्रेष्ठ बताए ।हरियाली अभियानले मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्ने जनचेतना दिएको छ,’ उनले  भने ।

कार्यक्रममा बोल्दै नगर प्रमुख  सुवर्ण श्रेष्ठले आयोजकलाइ धन्यवाद दिदै शंखरापुर नगरलाई स्वच्छ र हरियाली नगर बनाउन आयोजित वृक्षारोपण कार्यक्रम सफलताको शुभकामना दिदै   विरुवा बचाउन र हुर्काउन सबै नगरबासीको साथ सहयोगको आवश्यकता पर्ने बताए  । स्थानीयलाइ उक्त बिरुवा संरक्षण गर्नको लागी समेत नगर प्रमुख श्रेष्ठले अनुरोध गर्दै सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण कम  गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताए ।

फोटो :प्रेम प्रकास श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।