विवादमा बुढानिलकण्ठ स्कुल,शुल्क लिने निर्णयबाट पछि हट्यो

विवादमा बुढानिलकण्ठ स्कुल,शुल्क लिने निर्णयबाट पछि हट्यो

कपन अनलाइन 

काठमाडौं ,असार २५ ।

नेपाल सरकारको निर्णय लाई अबज्ञा गर्दै अभिवावकहरु संग शुल्क असुल्ने प्रयास गरेको बुढानिलकण्ठ स्कुल आफ्नो निर्णय बाट पछि हट्न बाध्य भएको छ।

कोरोना प्रकोपमा लक डाउनका कारण चैत देखि पठन पाठन नगरेको सो स्कुलले खाना समेतको शुल्क जोडेर बिल पठाए संगै अभिभावकहरुले आपत्ति जनाएका थिए।

शिक्षा मन्त्रालयले निजी विद्यालयलाईशुल्क नलिन पटक–पटक दिएको  निर्देशन  लत्याउदै बिल पठाएको सो स्कुलले चर्को विरोध भए संगै एक सूचना प्रकासित गरि सो गलत निर्णय बाट पछाडी फर्किएको हो।

अभिभावकको सल्लाहमा हवाला दिदै  विद्यालय व्यवस्थापन समितिको निर्णय बिना बन्द रहेको अवधिको समेत खाना खर्चको बिल पठाए संगै विवादमा तानिएका विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्यले सुचना प्रकासित गर्दै उक्त निर्णय फिर्ता लिएको जानकारी दिएका छन।

विद्यालयको सुचना :

तपाइँको प्रतिक्रिया ।