बाह्रसिँगे बियरको उत्पादन अनुमति सम्बन्धि अन्तरिम आदेश खारेज

बाह्रसिँगे बियरको उत्पादन अनुमति सम्बन्धि अन्तरिम आदेश खारेज

कपन अनलाइन

काठमाडौं ,असार २५।

अन्ततः रक्सी र चुरोट माफिया रवि केसीले पाएको अन्तरिम आदेश अदालतले खारेज गरिदिएको छ । बाह्रसिँगे बियरको उत्पादन अनुमति उद्योग विभागले खारेज गरिदिएपछि केसी पुनःनवीकरणको लागि धाएपनि सम्पत्ति शुध्दिकरणबाट आएका महानिर्देशक जीवन सिटौलाले नमानेपछि बियर उत्पादन बन्द हुन पुगेको थियो ।

नियम मिचेर र पैसाले पेलेर हरेक काम फत्ये गराउँदै आएका केसीले यसवीच बियर उत्पादन र बिक्री गर्दै आएकोमा अदालतबाट कम्पनीको वैधानिकता खारेज भएसङ्गै सिटौलालाई सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको कान फुकेर आठ महिना नपुग्दै भूकम्प पुनर्निर्माण प्राधिकरणतिर धपाइदिएका छन् !
गतहप्ता सर्वोच्च अदालतले यसअघि केसी समूहको नाममा जारी अन्तरिम आदेश खारेज गरेको छ । तर, अदालतको पूर्ण फैसला प्राप्त नभइसके पनि अब फेरि त्यही ब्राण्डको बियर उत्पादनको लागि उद्योग विभागमा प्रारम्भिकदेखि नै नयाँ प्रक्रिया थाल्नुपर्ने हुन्छ ।
उक्त बियर र रक्सी कारखानामा केसीको एक अर्ब २० करोड रुपैयाँ लगानी रहेको बताइन्छ ।

नेपालमा उत्पादन हुने रक्सी र चुरोटको मुख्य हर्ताकर्ता भनेर चिनिएका केसीको दुईवटा ८८४८ र ओल्ड दरबार ब्राण्ड आन्तरिक बजारमा निकै प्रख्यात छ । सूर्य नेपालमा पनि केसीकै लगानी छ । नेपालका रक्सी उद्योगहरूमध्ये सबैभन्दा धेरै कर तिर्नेमा उनी अगाडि छन् ।

गत वर्षमात्र उनको रक्सी उद्योगले पाँच अर्ब रुपैयाँ भन्दाबढी कर तिरेको थियो । उनी सूर्य नेपालको उपाध्यक्ष र नेपाल रक्सी उत्पादक संघका अध्यक्षसमेत हुन् ।
चैतदेखि शुरु भएको लकडाउनमा पनि नेपालमा वैदेशिक लगानी भित्रिने क्रम रोकिएको छैन । यसअवधिमा एक अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ भने चिनियाँ लगानीको लागि झण्डै दुई अर्ब रुपैयाँ बढीको प्रस्ताव आएको छ । स्वीकृत एक अर्बमध्ये ९१ करोड रुपैयाँ चिनियाँ लगानीकर्ताको हो । चिनियाँ लगानी विशेषगरी रेष्टुरेण्ट र सूचना प्रविधिको क्षेत्रमा बढी देखिएको बताइन्छ ।

समाचार साभार :जनआस्था साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।