लायन्स क्लब द्वारा असहाय बाछाबाछी संरक्षण आश्रयस्थलको लागि पानी ट्यांकी प्रदान

लायन्स क्लब द्वारा असहाय बाछाबाछी संरक्षण आश्रयस्थलको लागि पानी ट्यांकी प्रदान

कपन अनलाइन  

काठमाडौं ,असार २५ ।लायन्स क्लबले असहाय बाछाबाछी संरक्षण आश्रयस्थलको लागि पानी ट्यांकी प्रदान गरेको छ।

असहाय बाछाबाछी संरक्षण अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित पशुपती क्षेत्र बिकास कोषको जग्गामा संचालन भएको आश्रयस्थलको प्रयोजनका लागि लायन्स क्लब अफ काठमाडौं डिस्ट्रिक ३२५ ए २ र एम डि ३२५ नेपालको तर्फबाट १००० लि. क्षमताको पानी  ट्यांकी प्रदान गरिएको हो।

यसअघि पनि लायन्स क्लबका बिभिन्न क्लबको  तर्फबाट असहाय बाछाबाछी संरक्षण अभियानका लागि खाद्यान्न लगायतका सामग्री उपलब्ध हुँदै आएको असहाय बाछाबाछी संरक्षण अभियानका अभियन्ता उत्तम पुडासैनीले बताए। उनले सहयोगी दाताहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन ।

तपाइँको प्रतिक्रिया ।