तारकेश्वर नगरस्तरीय खेलकुद समितको अध्यक्षमा बलराम सिटौला

तारकेश्वर नगरस्तरीय खेलकुद समितको अध्यक्षमा बलराम सिटौला

कपन अनलाइन

काठमाडौं असार २५ ।तारकेश्वर नगरपालिकामा नगरस्तरीय खेलकुद समित गठन भएको छ । तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौलाको नेतृत्वमा सो समिती गठन भएको हो ।उक्त समितीको  पहिलो वैठकले तारकेश्वरमा खेलकुद समिती गठन भएको कुरा सार्वजनिक गरेको हो । उक्त समितीको उपाध्यक्षमा युवा समाजसेवी तथा उद्यमी माधव बद्री फुयाल, सदस्यहरुमा गौरीशंकर राणा, प्रमेश धिताल, राजु के.सी. र अनु अधिकारी रहेकि छिन  भने सदस्य सचिवमा तारकेश्वर नगरपालिकाका शिक्षा, युवा खेलकुद तथा समाजिक शाखाका अधिकृत पदम बहादुर खत्री रहेका छन् ।

सामाजिक एकता र समृद्धिको आधार रहेको खेलकुद क्षेत्रको बहुआयामीक बिकासका निम्ति तारकेश्वर नगर खेलकुद समितिले भौगोलिक अवस्था हेरेर १ वडा १ खेल मौदान निर्माण गरि नगरभित्रका खेलकुद र खेलाडीहरुको लगत संकलन गरेर खेलकुद क्षेत्रलाई प्रभावकारी बनाउने अध्यक्ष बलराम सिटौलाले बताएका छन  ।  एकपछि अर्को राष्ट्रिय स्तरका प्रतियोगितामा छनौट हुनका लागि युवा खेलाडी प्रोत्साहन ,अभ्यास , प्रशिक्षण जस्ता कार्यहरु अघि बढाउन नगर खेलकुद समितिको प्रयास रहने अध्यक्ष सिटौलाले बताए ।

यस्तै गरि उक्त समितीका उपाध्यक्ष माधव वद्री फूयालले तारकेश्वर नगरपालिका अन्र्तगत रहेका विभिन्न विधाका खेलाडीहरुको पहिचान, संरक्षणका साथै सम्वर्दन गर्नु उक्त समितीको मुखय उद्देश्य रहेको बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।