योजना निरीक्षणलाइ तिब्र पार्दै चन्द्रागिरी १ का वडा अध्यक्ष राजेन्द्र केसी

योजना निरीक्षणलाइ तिब्र पार्दै चन्द्रागिरी १ का वडा अध्यक्ष राजेन्द्र केसी

कपन अनलाइन

काठमाडौँ, असार २५। चन्द्रागिरि नगरपालिका वडा नं १ मा संचालित बिभिन्न वडा स्तर तथा नगर स्तरीय योजना अनुगमनलाइ वडा अध्यक्ष राजेन्द्र केसीले तिब्र पारेका छन्। उनले वडाको बिभिन्न स्थानमा चालु आर्थिक वर्षमा संचालनमा रहेका विकासका योजनाको स्थलगत अनुगमन गरेका हुन् ।चन्द्रागिरि नगरपालिकाले  वडा स्तरमा जनताका आधारभूत आवश्यकतालाइ प्राथमिकता सहित भौतिक पूर्वाधार निर्माण र विकासमा जोड दिदै आएको छ ।

 चन्द्रा गिरि नगरपालिका वडा नं १ दहचोकमा   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्धारा १०० गन्तव्य भित्रको ईन्द्रदह काजी कालु पाँडे समाधिस्थल क्षेत्रको पूर्वाधार विकासका लागि प्राप्त पहिलो किस्ताको रू २५ लाखको टेण्डर प्रक्रिया बाट ढुङ्गा छाप्ने र पक्कि नाली निर्माण र दोश्रो किस्ता  रू २५ लाख बाट  रेलिङ, शौचालय जाने बाटो र कम्पाउन्डमा रेलिङमा रङ्ग लगाउने लगायतका कार्य उपभोक्ता समिति मार्फत गर्ने गरि सम्झौता भएकोमा सामान्य फिनिसङ बाहेक अन्य कार्य निकै सन्तोषजनक ढङ्गबाट भएको अनुगमन पश्चात वडा अध्यक्ष राजेन्द्र केसीले कपन अनलाइन लाइ बताए ।

त्यस्तै उनले चन्द्रागिरि नपा वडा नं १ दहचोक स्थित रक्तेढुङ्गा सम्पदा वस्ति मार्ग केही समयअघि पक्कि नाली र ग्राभेल गर्ने कार्य सकिए पछि ढलान गर्ने कार्य शुरू भएको अनुगमन निरीक्षण गर्दा निकै उत्कृष्ट ढङ्गबाट हुदै गरेको पाईएको पनि बताए ।त्यसै गरि यस चन्द्रागिरि नपा वडा नं १ दहचोकका लागि यसै आ वमा लागत सहभागिता ५०/५० अन्तर्गत मिलन वस्ति मार्गमा विनियोजित रू ८ लाख, लागत जन सहभागिता रू ८ हुने र पून: थप रू ३ लाख (८०/२०) ले कुमार कार्कीको अध्यक्षतामा गठित उपभोक्ता समितिले ढल सहित  गरेको ढलान गर्ने कार्य  समेत अनुगमन निरीक्षण गर्दा निकै उत्कृष्ट ढङ्गबाट कार्य सम्पन्न भएको पाईएको उनले बताए ।

उनलेकेहि दिन अघि पनि चन्द्रागिरि नपा वडा नं १ दहचोक स्थित मनमोहन अस्पताल क्षेत्रमा प्रदेश सभा सदस्य माननीय केशव प्रसाद पोखरेल को बिशेष पहलमा सृजना चोक-मनमोहन अस्पताल क्षेत्र जाने सडकको पूर्वाधार विकास अन्तर्गत रू ५० लाख विनियोजन भै टेण्डर प्रक्रिया मार्फत र बिलो रकम बाट समेत ढल राख्ने कार्य सम्पन्न भै केही भागमा ग्राभेल गर्ने कार्य भएको माननीय सांसद केशव प्रसाद पोखरेल सहितको टोलीले अनुगमन गर्दा सो कार्य निकै सन्तोषजनक रहेको  पनि बताए ।

तपाइँको प्रतिक्रिया ।