बुढानिलकण्ठ -३ का विभिन्न स्थानमा ह्यांङ्गिग गमला राखियो

बुढानिलकण्ठ -३ का विभिन्न स्थानमा ह्यांङ्गिग गमला राखियो

कपन अनलाइन

काठमाडौं ,असार २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को बुढानिलकण्ठको मूल सडकमा दुई किनारमा ह्यांङ्गिग गमला राखिएको छ। वातावारण संरक्षण तथा शहरी सौन्दर्यका लागि बुढानिलकण्ठ मूल सडकका दुवै तर्फ ति गमला राखिएका हुन्।

वडा नं ३ को बूढानीलकण्ठ सडक देखि मिलन चोक हुँदै मन्दिर वरिपरि र पछि मुहान पोखरी सम्म २५० वटा गमला राख्दै सो क्षेत्रको सौन्दर्यका अभियान शुरु गरिएको अध्यक्ष बालकृष्ण श्रेष्ठले बताएका छन।

नगरपालिकाको नामकरण गरिएको बुढानिलकण्ठ मन्दिर क्षेत्र रहेको वडा नं ३ ले अन्य क्षेत्रमा पनि यो अभियान संचालन गर्ने जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।