बुधवार काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित सङ्ख्या २३ पुग्यो

बुधवार काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित सङ्ख्या २३ पुग्यो

कपन अनलाइन

काठमाडौं ,असार २४ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो अपडेटअनुसार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना,

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तपाइँको प्रतिक्रिया ।