बुधबार कोरोना भाइरसका २ सय ५५ जना नयाँ संक्रमित थपिए

बुधबार कोरोना भाइरसका २ सय ५५ जना नयाँ संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,असार २४।

बुधबार कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो।

मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए। यो संख्या बढेर बुधबार १६ हजार चार सय २३ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २५ हजार ४० जना मानिसहरू छन्। कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित अहिले भेटिएका छैनन्।

तपाइँको प्रतिक्रिया ।