बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको मुटु र आँखा जाँच, स्वास्थ्य अवस्था सामान्य

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको मुटु र आँखा जाँच, स्वास्थ्य  अवस्था सामान्य

कपन अनलाइन

हेटौंडा,  असार २२।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नियमित स्वास्थ्य जाँच गरिएको छ । सोमबार मुख्यमन्त्री पौडेलको मुटु र आँखाको जाँच गरिएको हो ।

बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटु एबम तिलगंगा आँखा अस्पतालमा आँखाको जाँच गरिएको हो । मुख्यमन्त्री पौडेलको मुटुको जाँच मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले गर्नुभएको थियो भने आँखाको जाँच डा. सन्दुक रुईतले गर्नुभएको थियो। चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलको मुटु एबम आँखाको अवस्था सामान्य रहेको छ ।

नियमित स्वास्थ जाँचका लागि उहाँ शनिबार काठमाडौ जानुभएको थियो ।मुख्यमन्त्री पौडेलको २०७६ साल जेठमा मुटुको एन्जियोप्लास्टी र २०७५ चैतमा देब्रे आँखाको मोतिबिन्दुको शल्यक्रिया गरीएको थियोे । मुटुको अप्रेसन डा अधिकारीको टोली तथा आँखाको अप्रेसन पनि डा रुईतको टोलीले गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।