काठमाडौं उपत्यकाका यी स्थानमा देखियो कोरोना संक्रमण

काठमाडौं उपत्यकाका यी स्थानमा देखियो कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २३।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना हुन् ।

काठमाडौंका संक्रमितहरु कपन, महाराजगञ्ज र चाबहिलको रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै, भक्तपुरको चाँगुनारायण र ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा रहेका छन् ।

महाशाखाले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका बताएको छ ।

तपाइँको प्रतिक्रिया ।