बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा

कपन अनलाइन

काठमाडौं ,असार २२।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा आएका छन। यस अघिका  प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रिसाल सह सचिवमा बढुवा भए संगै उनको स्थानमा सापकोटा आएका हुन्।

बुढानिलकण्ठ नगरपालिकामा  प्रमुख प्रशासकिय अधिकृतका रुपमा सापकोटाले असार २२ गते बाट आफ्नो जिम्मेवारी प्रारम्भ गरेका छन।उनलाई अआज असार २२ गते नगरपालिकामा स्वागत गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकामा शुसासन र कार्य सम्पादनको जिम्मेवारी पाएका कर्मचारीहरुको नेतृत्व गर्न आएका सापकोटाका सामु चुनौती र अवसर दुवै रहेको एक जनप्रतिनिधिले बताएका छन।

प्रमुख प्रशासकिय अधिकृत सहित धेरै जना कर्मचारी भ्रस्टाचारको आरोपमा पक्राउ परे संगै धुमिल बनेको कर्मचारीको छवि उकास्ने उनको मुख्य चुनौती रहेको र सेवा प्रवाहमा मौलिकपन ल्याउन जनप्रतिनिधिले गरेको पहलमा सहकार्य उनको अवसर रहेको ति जनप्रतिनिधिको धारणा रहेको छ।

तपाइँको प्रतिक्रिया ।