काठमाडौँ महानरपालिकाका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग हस्तान्तरण
कपन अनलाइन
काठमाडौं ,असार २२ ।
काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।
महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।