लायन्स क्लब अफ काठमाडौं एकेडेमिक द्वारा लायन्स अभिमुखीकरण सम्पन्न

लायन्स क्लब अफ काठमाडौं एकेडेमिक द्वारा लायन्स अभिमुखीकरण सम्पन्न

कपन अनलाइन  

काठमाडौं असार २२।   लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५  ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं एकेडेमिक द्वारा नया क्लबका सदस्यहरुलाई लायानिजम समबन्धि अभिमुखीकरण सम्पन्न  गरेको छ।  असार १६ गते मंगलबार माकलबारी स्थित जि जी ट्राभललजमा एक कार्यक्रमका बीच  लायन्स क्लब अफ काठमाडौं एकेडेमिक द्वारा स्थापना गरेको नया क्लब लायन्स क्लब अफ काठमाडौं इन्भायरोमेन्टका नया सदस्यहरुलाई लायन्स क्लब सम्बन्धि अभिमुकिकरण गरिएको थियो।

लायन्स क्लबका जि ए ट एरिया लिडर लायन खगेन्द्र सिटौलाको  प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटरलायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक ३२५ ए१का वर्तमान गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व गभर्नर लायन कुमारराज सुवेदी, चिफ एरिया कोर्डिनेटर लायन सुरेन्द्र प्रकाश बलाय ,लायन शान्ता थापा ,लायन रामशरण दाहाल, लायन पेमा छिरी शेर्पा, लायन बिष्णु लामिछाने, लायन  बिष्णु भाइ श्रेष्ठ, लायन बिनोद कुमार श्रेष्ठ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका वर्ष १९/२० का प्रेसिडेन्ट लायन किष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  संचालन लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका सचिब लायन मोहन अधिकारीले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन  नेत्र दाहालले झण्डाको अभिवादन बाचन  गरेका थिए।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका वर्ष १९/२० का प्रेसिडेन्ट लायन किष्ण गौतमले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।कार्यक्रममा लायन्स क्लब अफ एकेडेमिक द्वारा खोलिएको नया क्लब लायन्स क्लब अफ काठमाडौं  इन्भायरोमेन्टका  नया सदस्यहरुलाई सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङले नेपालमा लायन्स  इतिहासको बारेमा जानकारी गराएका थिए भनेलायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाललेअन्तर्राष्ट्रिय लायन्सको बारेमा जानकारी गराए।

त्यसै गरि  ,डिस्ट्रिक ३२५ ए१का वर्तमान डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय प्रेसिडेन्ट को प्लान प्रोग्राम  र आगामी योजनाको  बारेमा जानकारी दिएका थिए भने पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदीले  लायन्सको सामाजिक बजारीकरणको बारेमा जानकारी गराएका थिए ।

सोहि कार्यक्रममा  नया क्लबको घोषणा समेत गरिएको थियो। नया क्लब लायन्स क्लब अफ काठमाडौं इन्भायरोमेन्टको  घोषणा गरिएको हो। जसको जानकारी नया क्लबका प्रेसिडेन्ट लायन  बिनितराज अर्याल र सचिब लायन लक्ष्मी पुडासैनीले  गराएका थिए ।कार्यक्रममा लायन्स  क्लब अफ  काठमाडौं माकलबारीका   फर्स्ट भिपी लायन मदन कुमार सुवेदीले धन्यवाद ज्ञापन  सहित कार्यक्रम समापन भएको थियो  ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।