गरगहनाको परिक्षण तालिम सम्पन्न

गरगहनाको परिक्षण तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असार २२।

त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको छ ।

उक्त कार्यक्रमका  प्रमुख अतिथि भंसार विभागका महानिर्देशक सुमन दाहालले  नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताएका थिए   ।

उनले  साथै अत्यन्त छोटो समयको बवजुट पनि यस किसिमको प्रशिक्षण तालिम कक्षाको व्यवस्था गरिदिनु भएकोमा प्रशिक्षक तथा महासंघलाई धन्यवाद व्यक्त गर्दै  प्रशिक्षार्थी कर्मचारीहरुबाट यस तालिमबाट प्राप्त भएको अनुभव सुन्न पाउँदा आफू खुशी भएको बताएका थिए  ।

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भंसार चेक जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताउदै  प्रशिक्षार्थीहरुद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको धारणा व्यक्त गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउदै  नियामक निकायमा क्षेत्रगत विज्ञहरु भएमा राजस्व अभिवृद्धि र निर्यात प्रवर्धन  पनि अहम भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।