अजोड ईन्स्योरेन्स लिमिटेडको  दोस्रो बार्षिकोत्सव सम्पन्न

अजोड ईन्स्योरेन्स लिमिटेडको  दोस्रो बार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असार २१।

 अजोड ईन्स्योरेन्स लिमिटेडको  दोस्रो बार्षिकोत्सव सम्पन्न भएको छ  । कम्पनी संचालनमा आएको छोटो अवधिमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गरिरहेको कम्पनीको दोश्रो वार्षिकोत्सवमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस ( कोभिड–१९) को माहामारीको विषम परिस्थितीका वावजुत यस कम्पनीले चालु आ.ब.को मिति २०७७ असार २१ गते सम्म ८९,७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी सो बार्षिकोत्सवमा दिइएको छ ।

 कम्पनीले आफ्नो बार्षिकोत्सवमा भब्यरुपमा मनाउन जटिल परिस्थितिका कारण सम्भव नरहेकोले प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो  ।

तपाइँको प्रतिक्रिया ।