गुरु पूर्णिमा र भोका शिक्षकहरु

गुरु पूर्णिमा र भोका शिक्षकहरु

कपन अनलाइन

काठमाडौँ, असार २१ / प्रकाश अधिकारी

आज प्राय सवै फेसवुकका भित्ताहरु गुरु पूर्णिमाको शुभकामनाका नाममा रंगिने छन । हिजो सम्म शिक्षकहरुलाई मजदूर हुन , काम नगरेको पैसा माग्न पाइदैन भनेर भोकै वस्नु भनेर उर्दी जारी गर्नेहरुले पनि आज गुरु पूर्णिमाको शुभकामना दिनेछन । गुरु पूर्णिमा अघिल्लो दिन पर्वतको एक संस्थागत निजी स्कूलका प्रिन्सिपलले आत्महत्या गरेको समाचार सुन्नु पर्दा गुरु पूर्णिमाको खिसी गरेको जस्तो लाग्छ । अनलाइन कक्षा पढाउनु तर शुल्क नउठाउनु अनि राहात पनि नदिने गैर जिम्मेवार सरकारले हाम्रा शिक्षालायहरुलाई कता लाँदैछ ? निजी शिक्षालायमा अध्याापन गर्ने २ लाख भन्दा वढी शिक्षक कर्मचारीहरु प्रति संवेदनहिन सरकारले अर्को चुनावमा कुन मुखले मत माग्दछ ?

कोरोना कोभिड १९ को कारणले भएको लकडाउनमा वैंकहरुले कुनै पनि छूट दिएनन , असार सम्म सम्पूर्ण किस्ता तिर्न उर्दी जारी गरिरहेका छन। नेपाल टेलिकम, विद्युत प्राधिकरण , खानेपानी संस्थान र कर कार्यालयहरु आफनो वक्यौता उठाउन लागि परेका छन तर निजी शिक्षालयहरुले कुनै शुल्क उठाउन पाइदैन भनेर अत्यन्त तल्लो व्यवहार प्रर्दशन भएको छ । आज कतिपय विद्यालयले पुरानो वक्यौता शुल्क समेत उठाउन नसक्दा शिक्षक कर्मचारीहरु माघ देखिको तलव भत्ता पाएका छैनन । अनि निजी विद्यालय रोज्ने अभिभावक भनेको नै सक्ने अभिभावकहरु हुन । उनीहरुले तिर्न खोज्दा पनि रोक्न खाजेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिव १० लाख जनताहरुलाई मारमा पारेको देखिन्छ । केहि घरानिया शिक्षालय वाहेक अधिकांश निजी विद्यालय संचालकहरु ऋणमा काम गरिरहेको देखिन्छ ।

सेवा गर तर निशुल्क र भोकै गर भन्ने आशयको सरकारी निर्देशनले शैक्षिक माफिया भन्दै निजी शिक्षालयमा कार्यरत शिक्षक कर्मचारीलाई भाकै राख्ने रवैया कति सम्म सह्य हुन सक्छ । कि राहात घोषणा गर्नु कि शुल्क उठाउने सहज वातावरण तयार गर्नुपर्नेमा दुवै नगर्ने सम्वन्धित निकायहरुले यसवाट निस्कन सक्ने गम्भिर परिणाम सवैको लागि प्रत्युपादक हुन सक्छ । आज व्यास जयन्ती यस सन्दर्भमा एकलव्यले गुरुले प्रत्यक्ष रुपमा शिक्षा नदिदा पनि गुरुले सिकाएको कुरा हेरेर भए पनि आफुलाई विशिष्ट चेला सावित गरेर गुरुले जे मागे त्यही गुरु दक्षिणा टक्रयाएको प्रसंग सम्झिदा र गुरुलाई मजदुर भन्नेहरुलाई पनि सम्झिदा गुरु पूर्णिमाको महत्व र गरिमा माथि आँच पुर्याएको  भान हुन्छ । गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम ।

(लेखक इस्ट पोल माबीका  सहायक प्रधानाध्यापक   तथा सामाजिक अभियन्ता समेत हुन् )

 

तपाइँको प्रतिक्रिया ।