आदिवासी जनजातीको आन्दोलन फिर्ता,सरकारसंग ९ बुँदै सहमति

९ जेठ,काठमाडौ। आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ,सरकारसंग ९ बुँदे सहमति भएपछि आन्दोलनका सम्पुर्ण कार्यक्रम रोकिएको हो।

 शान्ति मन्त्रालयमा भएको बार्तामा सरकारसंग सहमती भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिईएको हो।
जनजाती नेताहरुका अनुसार सरकार जातीय पहिचान सहितको राज्य पुर्नसरचना गर्न सहमत भएको छ भने समानुपातिक निर्वाचन प्रणाली र राज्यका सबै निकायमा आदिवासी जनजातीलाई समानुपातिक सहभागिताको ग्यारेन्टी गर्न पनि सरकार तयार भएको छ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले जातीय पहिचान सहितको राज्य सहितका माग राखेर तीन देखि आन्दोलनमा उत्रिएको थियो।
तपाइँको प्रतिक्रिया ।