श्री चण्डेश्वरी माध्यामिक विद्यालय टोखा नगरपालिका २  मा वृक्षारोपण

श्री चण्डेश्वरी माध्यामिक विद्यालय टोखा नगरपालिका २  मा वृक्षारोपण

कपन अनलाइन 

काठमाडौं ,असार २०।

श्री चण्डेश्वरी माध्यामिक विद्यालय टोखा नगरपालिका २  मा वृक्षारोपण गरिएको छ।

  श्री चण्डेश्वरी माध्यामिक विद्यालय व्यवस्थापन समितिको आयोजना र  टोखा इन्द्रायणी वन उपभोक्ता समितिको सहयोगमा टोखा नगरपालिका २ गलयमा सो वृक्षारोपण गरिएको  हो ।

विद्यालयलाई सफा, स्वच्छ, सुन्दर तथा पर्यावरणमैत्री बनाउनुका साथै बिद्यार्थीलाई पठनपाठन तथा प्रयोगात्मक क्रियाकलापमा सहज बनाउन  टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, कानुनी सल्लाहकार सत्यनारायण डंगोल, वडा सदस्य पञ्चकुमारी श्रेष्ठ, देवराज डंगोल लगायतको उपस्थितिमा सो वृक्षारोपण गरिएको विद्यालयले जानकारी दिएको छ।

टोखा इन्द्रायणी   वन उपभोक्ता समितिको सहयोगमा १५० वटा ले स्थानिय तथा अन्य प्रजातिका फुल तथा बिरुवा  बिद्यालय परिसरमा बृक्षारोपण गरिएको छ ।फोटो सौजन्य :न्युज अफ टोखा

तपाइँको प्रतिक्रिया ।