गोकर्णेश्वरमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर प्रदान

गोकर्णेश्वरमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर प्रदान

कपन अनलाइन

काठमाडौं, असार २०। गोकर्णेश्वर नगरपालिकामा शारीरिक रुपमा हिँडडुल गर्न नसक्ने अशक्त अपांगता भएका ब्यक्तिहरुको लागि आधुनिक व्हिल चियर वितरण गरिएको छ। एक साता अघि नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने ह्वील चियर नाप जांच लिएको नगरपालिकाले शुक्रबार नगरपालिका प्रांगणमा एक कार्यक्रमका बीच नगर  प्रमुख सन्तोष चालिसेले व्हिल चियर वितरण गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालले गोकर्णेश्वर नगरपालिका सगं समन्वय गरि नगरपालिका मार्फत विभिन्न कारणले अपाङ्गता भई दैनिक रुपमा ह्विलचियर आवश्यक पर्ने ३५ जनालाइ आधुनिक व्हिल चियर वितरण गरिएको थियो ।उक्त व्हिल चियर वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसे, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ का इकाई सभापति भुवन लामा ,राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालका सुगम भट्टराई, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, लगायतको उपस्थितिमा व्हिल चियर वितरण गरिएको हो ।

ह्वील चियर हस्तान्तरण गर्दै  नगरपालिका प्रमुख सन्तोष चालिसेले यो नगरपालिकाले प्रदान गरेको मायाँको चिनोको रुपमा ग्रहण गर्न आग्रह गरेका थिए । तपाईहरुको दैनिक जिवन यापनका लागि सहजता  होस् भनेर ह्वील चियर प्रदान गरिएको बताउँदै तालिम स्वारोजगारको कार्यक्रम पनि नगरपालिकाले बनाउने बताएका थिए ।

कार्यक्रम संयोजक समेत रहेका नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसले काठमाडौं क्षेत्र नं ३ भित्र रहेका शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण गर्ने योजना अनुसार गोकर्णेश्वर नगरपालिकामा आधुनिक व्हिल चियर वितरण गरिएको बताए। उनले समाजमा अपांगता भएका ब्यक्तिहरुलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न बिभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको  बताए  ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।