गोकर्णेश्वर नगरपालिका वडा नं ६ कि एक महिलामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असार २०।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ कि एक महिलामा कोरोना संक्रमण देखिएको छ। ति महिलाको स्वास्थ्यमा समस्या देखा परेर न्युरो अस्पतालमा उपचार गराउन जादा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको थियो ।
ति महिलामा कोरोना संक्रमण देखिए संगै उनलाई शशस्त्र प्रहरी अस्पताल बलम्बु लागिएको र उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी दिएका छन।
संक्रमित महिला घर बाहिर धेरै नहिडेको र उक्त क्षेत्रमा सतर्कता अपनाउदै परिक्षण गरिने हुँदा त्रसित नहुनका लागि प्रमुख उपाध्यायले अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।