चिशंखुगढी-२ मा सहिद क्याप्टेन यज्ञबहादुर थापाको स्मृतिमा सभा हल निर्माण
कपन अनलाइन
ओखलढुंगा ,असार १९ ।
प्रजातान्तिक आन्दोलनका सहिद क्याप्टेन यज्ञबहादुर थापाको स्मृतिमा ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नं २ नेवारगाउँमा सभा हल निर्माण गरिएको छ ।
पर्यटन तथा नागरकि उड्ड्यन मन्त्रालयको १५ लाख र ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारद्वारा विनियोजित पूर्वाधार विकास साझेदारी कार्यक्रमको १० लाख गरी २५ लाख बजेटमा सभाहल निर्माण गरिएको हो।
२०३१ सालमा भएको सोलुखुम्बुमा घटेको टिम्बुरबोटे काण्डमा मारिने सहिद हरुका कमान्डर थापाको योगदानको कदर गर्दै उनको स्मृतिका लागि निर्माण गरिएको सो सभाहलका लागि यज्ञबहादुर थापापत्नी पूर्णकुमारी थापाबाट २ रोपनी र पूर्णबहादुर श्रेष्ठबाट प्राप्त आधा रोपनी जग्गा प्राप्त भएको थियो ।
सो दुई तले सभाहल १४ मिटर लम्बाइ, ७ मिटर चौडाइ र ५ मिटर उचाइ रहेको छभने भूइँ तलामा १ सय २० जना अटाउने क्षमता रहको छ ।
फोटो सौजन्य : ओखलढुंगा खबर