आदिवासी जनजाति र सरकारबीच वार्ता अझै निश्कर्षमा पुग्न सकेन

जातीय पहिचान सहितको संघीयताको माग राखेर आन्दोलन गरिहेको आदिवासी जनजाती संयुक्त संघर्ष समिति र सरकारबीच शान्ति मन्त्रालयमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका संयोजक शान्ति मन्त्री टोपबहादुर रायमाझी र आदिवासी जनजाती महासंघका अध्यक्ष राजकुमार लेखी लगायतकाबीच वार्ता भएकोमा अहिले वार्ता केही बेरका लागि स्थगित गरिएको छ । सरकारी वार्ता टोली मन्त्रीपरिषद वैठकमा सहभागी हुनु परेकाले वैठक स्थगित भएको हो । समितिले ११ प्रदेश मान्य नहुने, जातीय पहिचान सहितका प्रदेशहरु बनाउनुपर्ने लगायतका माग राखेर तीन दिन देखि नेपाल बन्द गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।