लायन्स क्लव अफ काठमाडौं इन्द्र अन्नपूर्ण योग केन्द्रको प्रेसिडेन्टमा डा.सुभास कुमार घिमिरे
कपन अनलाइन
काठमाडौं ,असार १५ ।
अन्नपूर्ण योग केन्द्रको आयोजनामा ओम समाज डेन्टल हस्पिटल तथा ग्रान्डी हस्पिटलको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गर्नुका साथै लायन्स क्लव अफ काठमाडौं इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा गरिएको छ।
उक्त कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नरहरु शम्भु घिमिरे, रुद्रहरि ज्ञवाली,बिष्णु बज्राचार्य, कलाकार संजय खतिवडा र अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा डा.सुभास कुमार घिमिरेको अध्यक्षतामा लायन्स क्लव अफ काठमाडौं इन्द्र अन्नपूर्ण योग केन्द्र घोषणा गरिएको थियो।
सो अवसरमा डा. घिमिरेले योगलाई लायन्स संग जोडेर संसार योगमय बनाउनेमा जोड दिदै जसको दाँत सबल उसको जीबन सफल भन्ने नारालाई सफल पर्नुपर्ने बताएका थिए।
रक्तदान गर्ने रक्तदाताहरुलाई धन्यबाद सहित प्रशंसा पत्र वितरण गर्दै दिदै लायन्स केशव पाण्डेले कोभिड १९ को महामारीको यस्तो जटिल अबस्थामा रक्तदान जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ् गर्नुका साथै मुख स्वास्थको महत्वका वारेमा जानकारी गराएका थिए।
डा. सुभास घिमिरे को अधक्ष्यतामा गठन भएको क्लवमा दिपक महर्जन ,कृष्ण घिमिरे ,बिश्वभर मैनाली ,साधुराम पौडेल ,इन्द्र बहादुर न्यौपाने लगाएत २६ जना सहभागी रहेका छन।
सोहि कार्यक्रममा ओम समाज डेन्टल, Medi-Point को प्राबिधिक सहयोगमा १५० जनाको नि:शुल्क सुगर तथा प्रेसरको चेक जाँच गरिएको थियो।