मदन भण्डारी फाउन्डेसन टोखाको आयोजनामा वृक्षारोपण
कपन अनलाइन
काठमाडौं ,असार १५।
जननेता मदन भण्डारीको ६९ औ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन टोखाको आयोजनामा वृक्षारोपण गरिएको छ।
टोखा नगरपालिकाको इन्द्रायणी सामुदायिक पार्कमा भएको वृक्षारोपणमा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला ,टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल सहित जनप्रतिनिधि तथा फाउन्डेसनका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो।
मदन जयन्तीका अवसरमा स्थानीय तहका विभिन्न स्थानहरुमा वृक्षारोपण ,रक्तदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय अनुसार सो स्थानमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो।
तपाइँको प्रतिक्रिया ।