जननेता मदन भण्डारीको बैचारिक नीतिको जगमा शक्तिशाली नेकपा निर्माण भएको हो : डा .राजन भटराई

जननेता मदन भण्डारीको बैचारिक नीतिको जगमा शक्तिशाली नेकपा निर्माण भएको हो : डा .राजन भटराई

कपन अनलाइन 

काठमाडौं ,असार १४ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले जननेता मदन भण्डारीको स्पस्ट बैचारिक नीति र दृष्टिकोणका कारण वर्तमान समयको शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण सम्भव भएको बताएका छन।

जननेता भण्डारी देशभक्त, मेहेनती ,बहुप्रतिभाशाली,अध्ययनशिल र जुझारु व्यक्तित्व रहेको भन्दै डा.भट्टराईले उनी भण्डारीले कोरेको जनमतमा आधारित कम्युनिस्ट सत्ता निर्माणको मार्गमा वर्तमान कम्युनिस्ट आन्दोलन केन्द्रित भएको धारणा राखेका छन।

६९ औ जन्म जयन्तीका अवसरमा जननेता मदन भण्डारीको स्मरण गर्दै डा. भट्टराईले छोटो समयमा राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनलाई अकल्पनीय उचाइमा पुर्याउने अभियानमा भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन।

डा .भटराईले  विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा नेपालको भुमि बाट स्पस्ट बैचारिक तथा संगठनात्मक नेतृत्व प्रदान गरेका भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैलाई गोलबन्द गर्ने कठिन र चुनौतिपूर्ण कार्यको नेतृत्व गरेको बताएका छन।

तिन दशक लामो पंचायती व्यवस्था अन्त्य गरेर प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि नेपाली कांग्रेस तथा अन्य बाम घटकहरुलाई एकीकृत गर्नका लागि जननेता भण्डारीले लिएको पहलकदमी नेपालको राजनीतिमा कोशेढुंगा भएको विचार व्यक्त गर्दै डा .भट्टराईले भण्डारी  माटोलाई माया गर्ने देशभक्त  युगिन पुरुष भएको बताएका छन।

टनकपुर सन्धिमा रहेका असमान र रास्ट्रहित प्रतिकूलका विषयहरुलाई बाहिर ल्याएर आम जनताको तह सम्म बहस सिर्जना गर्न सफल नेता भण्डारी देशब्यापी चेतना प्रवाह गर्न सफल बनेको भन्दै डा .भट्टराईले नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय र प्रभावशाली बनाउने उनको नेतृत्वदायी भमिका प्रजातान्त्रिक मुल्य मान्यता र कम्युनिस्ट आस्था राख्नेका लागि अनुकरणीय रहेको बताएका छन।

शिदान्त ,विचार ,कार्यनीति र कार्यशैलीमा स्पस्ट जननेता मदन भण्डारीको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा निकै ठुलो योगदान रहेको बताउदै डा .भट्टराईले पद भन्दा कर्मपथलाई प्राथमिकता र प्रधान मान्ने भण्डारीको सोच र दृष्टिकोणलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।