विश्वको सबैभन्दा अग्लो टावर सञ्चालनमा

९ जेठ, एजेन्सी । विश्वको अग्लो टावर तथा टोक्योको सबैभन्दा ठूलो व्यापारिक भवन ‘टोक्यो स्काई ट्रि’ सञ्चालनमा आएको छ ।

आजबाट सञ्चालनमा आएको उक्त टावरमा आज दिनभरमा करिब ८ हजार जना हेर्न आउने अनुमान गरिएको छ । गिनिज बुक अफ वर्ल्ष रेकर्डमा भर्खरै नामांकित भएको उक्त टावरको उचाई २ हजार ८० फिटको छ । यस टावरले १ हजार ९ सय ६८ फिट अग्लो चिनको क्यान्टन टावरलाई पछी पार्दै गिनिज बुकमा आफ्नो नाम लेखाएको हो । हुन त यो भन्दा ठूलो भवन बुर्ज कालिफा दुबईमा रहेको छ जसको उचाई करिव २ हजार ७ सय फिट रहेको छ तर यसलाई भिन्न समूहमा राखिएको छ ।
टोक्योमा बनेको टावर स्काई ट्रिबाट टेलिभीजन प्रसारण तथा रेडियो प्रसारण गर्ने तथा टावरलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिइएको छ ।
तपाइँको प्रतिक्रिया ।