गोकर्णेश्वर ४ उत्तरबाहिनी क्षेत्रमा सुर्य ग्रहण स्नान गर्ने पुगे भक्तजन

गोकर्णेश्वर ४ उत्तरबाहिनी क्षेत्रमा सुर्य ग्रहण स्नान गर्ने पुगे भक्तजन

कपन  अनलाइन

काठमाडौँ, असार ८। आइतबार परेको खण्डग्रास सूर्य ग्रहणको  समयमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनी कान्ती भैरब मन्दिर परिसरमा रहेको बागमती नदीमा स्नान गर्नेको चहलपहल  बढेको थियो।ग्रहण लागेको बेला स्नान गर्दा पुण्य हुने भन्दै श्रद्धालुहरु उत्तरबाहिनी  पुगेका हुन् ।

ग्रहणका बेला नदीमा  नुहाउँदा विशेष फल प्राप्त हुने जनविश्वासका कारण स्थानीयहरु  उत्तरबाहिनि स्थित बागमती नदीमा बिहानैदेखि नुहाउन र पूजाआजा गर्न भेला भएका थिए । ग्रहण लागेका बेला र ग्रहण समाप्त भएपछि नदीमा नुहाउने परम्परा रहेको छ ।यसअगाडिका वर्षहरुमा ग्रहण धेरै भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण पहिलेको तुलनामा कम भक्तजन आएको स्थानीयले बताएका छन।

आइतबर परेको सुर्य ग्रहण नेपाल लगायत कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो देखिएको थियो  । नेपालमा आइतबारको सुर्यग्रहणमा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म र काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्यलाइ चन्द्रमाले ढाकेको  युवा ज्योतिष एवम् खगोलविद भानुराज अर्यालले बताएका छन।  यस बर्षकै लामो सूर्यग्रहण आइतबार नेपालबाट खण्डग्रास मात्रै देखिएको थियो ।

फोटो :धुर्ब नापित

 

तपाइँको प्रतिक्रिया ।