प्रदेस सभाद्वयको प्रिय बन्यो अलपत्र योजनाको “नमुना” सुवर्ण शम्शेर क्रिकेट मैदान
कपन अनलाइन
काठमाडौं ,असार ८ ।
बागमती प्रदेस सरकारले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा निर्माणाधीन (!) रहेको सुवर्ण शम्शेर क्रिकेट मैदानको निर्माणका लागि आव २०७७/७८ का लागि एक करोड रुपैया बिनियोजन गरेको छ।काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित पदेस सभा सदस्य कुसुम कुमार कार्की र समानुपातिक सांसद न्युछे नारायण श्रेष्ठले माया गरेर बजेट पारेको यस रंगशालाको निर्माण गति भने कछुवाको चाल भन्दा पनि सुस्त रहेको छ।
नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेरको नाममा निर्माण गर्न लागिएको यस रंगशालाको निर्माण गति र यसमा सम्बन्धित पक्षहरुले देखाएको सक्रियता र तदारुकता भने उनको नामलाई नै व्यंग्य गर्ने प्रकृतिको रहेको छ।
प्रतिनिधि सभा सदस्य .प्रदेस सभा सदस्य ,नगरपालिका ,जिल्ला खेलकुद विकास समिति , नेपाल सरकार सबै तिर बाट बजेट पाउने यो रंगशाला निर्माण स्थलले भने ति रकम सेतो हात्तीले झैँ सर्लक्कै खान्छ र मैदानको अवस्था पनि कुनै विकट गाउँमा पहिरोले विछिप्त्त बनाएको पाखो झैँ मात्र रहेको छ।
करोडौ बजेट प्राप्त गरेर त्यसको उपयोग गरिरहेको सुवर्ण शम्शेर स्मृति प्रतिष्ठानले पनि यस मैदानको निर्माणका लागि खास देखिने प्रभावकारी काम गर्न सकेको छैन भने यस मैदानको निर्माणको अवधारणा र स्वामित्वका विषयमा पनि प्रस्ट मतभेद देखिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको यो मैदानको वर्तमान अवस्था हेर्ने हो भने त्यो शुटिंग स्थलमा परिणत भएको छ भने आक्कल झुक्कल बनभोज आउनेहरु पनि देखिन्छन तर सो स्थानले खेल मैदानको आधारभूत संरचना भने अझै पाउन सकेको छैन।
तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाले शिलान्यास गरेको यो मैदानमा एउटा पर्खाल बाहेक देखिने कुनै पनि संरचना रहेको छैन भने त्यहाँको बालुवा तथा अन्य श्रोतको वारेमा हालसम्म कुनै आर्थिक प्रतिवेदन आमजनताहरु सम्म आउने गरि सार्वजनिक गरिएको छैन।
बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण खेलकुद पूर्वाधारका रुपमा यस रंगशालालाई विकास गर्नुपर्ने फराकिलो सोचको कमीका कारण बागमती प्रदेस सरकारको एक करोड रकम केहि फिट पर्खाल र केहि जनताको आक्रोस मै सिमित हुनेजोखिम रहेको एक स्थानीयले बताएका छन।