कागेश्वरी मनोहरा नगरपालिका अगाडी नेपाली कांग्रेसको शान्तीपूर्ण बिरोध प्रदर्शन

कागेश्वरी मनोहरा नगरपालिका अगाडी नेपाली कांग्रेसको शान्तीपूर्ण बिरोध प्रदर्शन

कपन  अनलाइन

काठमाडौँ, असार ८। नगरसभा बहिष्कार गर्दै नेपाली कांग्रेसले कागेश्वरी मनोहरा नगरपालिका कार्यालय अगाडि आइतबार  प्रदर्शन गरेको  छ।यस अघि बिभिन्न २७ बुँदे माग  नगर प्रमुख समक्ष राख्दै ज्ञापनपत्र बुझाएको काङ्ग्रेसले उक्त माग सम्बोधन नभएको भन्दै आइतबार नगरपालीका अगाडी  प्रदर्शन गरेको हो।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बहिष्कार गर्दै यसअघि राखेका माग पूरा नभएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

जनताको हितका लागि विभेदरहित हिसावले काम गर्नुपर्ने लगायत माग राखेको कांग्रेसले  कोरोनाले असर गरेको भन्दै नगरबाट लगाइएका सबै करमा ५० प्रतिशतसम्म छुट दिनुपर्ने माग राखेको थियो।माग पूरा हुने अवस्था नदेखिएपछि कांग्रेसले संघर्ष समिति नै बनाएर प्रदर्शन गर्दै आएको छ ।‘कांग्रेसले जनहितमा उठाएका माग सम्बोधन हुने अवस्था नदेखिएपछि प्रदर्शन गर्नुपरेको युवा नेता मनिष सिंखडाले बताए ।

 कागेश्वरी मनोहरा नगरपालिका  वडा नम्बर २, ४ र ७ मा वडाध्यक्ष जितेको काग्रेसले राखेको मागलाइ सुनुवाई गराउन दबाब स्वरुप बिभिन्न चरणका बिरोध कार्यक्रमहरु गर्दै आएको  छ।  बिरोध प्रदर्शनमा नेपाली कांग्रेस  काठमाडौँ क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की ,कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदर्शन धिमाल, वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी लगायत नेपाली काग्रेसका वडा सदस्यहरु सहित नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।