नायीका रेखा थापाले गरिन् सम्बन्ध विच्छेद

९ जेठ, काठमाडौ । नेपाली चलचित्र उद्योगकी चलेकी नायीका रेखा थापाले आफ्ना पति छवि ओझासंग औपचरिक रूपमा सम्बन्ध विच्छेद गरेकी छिन्। केहि दिन यता उनीहरुको सम्बन्ध बिच्छेदलाई लिएर मिडियामा समाचारहरु आएका थिए।

करिव  १२ वर्ष अघि विवाहको बन्धनमा बाँधिएका उनीहरुो सम्बन्ध विगत केहीसमय यता राम्रो थिएन।  छवी ओझाको कार्यालय नमस्ते नेपालमा नायिका रेखा र छवीले सिने पत्रकार प्रकाश सुवेदीको उपस्थितिमा सम्बन्धविच्छेदको पत्र हस्ताक्षर गरेका हुन् ।
सम्बन्ध विच्छेदपछि दुवै छवी र रेखा अत्यन्त भावुक भएका सिनेकर्मी प्रकाश सुवेदीले बताएका छन् । उनले आफूले यस्तो सौहार्दपूर्ण वातावरणमा सम्बन्ध विच्छेद भएको मैले पहिलो पटक देखेको बताए । सुवेदीका अनुसार एक अर्कालाई अंगालो मारेर छुट्टिने क्रममा भावुक बनेकी रेखाले छवी मेरो अभिभावक हो र अब पनि अभिभावक नै रहने बताएकी थिइन् । प्रतिउत्तरमा छवीले रेखालाई सहयोग गर्न सधैं तयार रहेको र आफूले निर्माण गर्ने चलचित्रमा रेखाले अभिनय गर्न चाहे सधै स्वागत गर्ने उनले बताए ।
अहिले छवी र रेखा दुवैका मोबाइल अफ छन् । सम्बन्ध विच्छेद गरेर बाहिरिने क्रममा एक अर्कालाई आई लभ यू भनेर छुट्टिएका थिए ।
यसअघि असमझदारी बढेपछि रेखा र छवि छविकै घरको माथिल्लो र तल्लो तलामा बाँडिएर बसेका थिए । उमेरको भिन्नता, शारिरीक असन्तुष्टि र विश्वासको कमीका कारण उनीहरुको सम्बन्ध चिसिएको थियो ।
तपाइँको प्रतिक्रिया ।