बुढानिलकण्ठ -१० का संक्रमितको सम्पर्कमा रहेका नौ जनाको स्वाव संकलन
कपन अनलाइन
काठमाडौं ,असार ४।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० बालुवाखानी क्षेत्रका ४५ बर्षिय कोरोना संक्रमित पुरुषका परिवारका सदस्य तथा उनको सम्पर्कमा आएका नौ जनाको PCR परिक्षणका लागि स्वाव संकलन गरिएको छ।
नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालको नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलिले ति व्यक्तिहरुको स्वाब संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाएको छ।
उक्त स्वाव संकलनका क्रममा वडाध्यक्ष नबराज भट्टराई ,वडासदस्य चन्द्रमान श्रेष्ठ ,कपन प्रहरी प्रभागका प्रहरी निरीक्षक शेखरजङ्ग मल्ल, नेकपा बुढानिलकण्ठ -१० का अध्यक्ष जगत प्रसाद निरौला लगायतको उपस्तिथिमा परामर्श पनि प्रदान गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।