प्रकृति :आभा निरु (कविता )

प्रकृति :आभा निरु (कविता )

कपन अनलाइन 

काठमाडौं ,असार ४।

हर रहरमा भेटूँ
हर प्रहरमा भेटूँ
तिमीलाई मात्र देखूँ
लाग्छ प्रकृतिसँग जीवन मेटूँ ।

उदाऊँ ति सूर्यको किरणसँग
ट्ल्कँदै हिमशृंखलासँग
झरुँ ति झरनासँग रम्दै
बगूँ ति खोलानालासँग्
सुस्ताउँदै बगरलाई गिज्याउँदै
म रमाऊँ तिमीलाई हेर्दै प्रकृति ।

लहराझैँ लहरिँदै बोट बोटमा
पतझरझैँ ति मैदानमा खेल्दै
निलो आकाशलाई चुम्दै
बादल सँगसँगै गगन भरि झुम्दै
ममगाउँदै फूलको बास्ना बनेर
म रमाऊँ तिमीलाई नियाल्दै प्रकृति ।

सुन्दरतामा झन् सुन्दरी बनेर
कोइलीको मधुरतामा, लहरिँदै
लोलाउँदै हावाको झोकासँग
सुसाउँदै पहरा र कन्दरासँग
म समर्पित हुन सकूँ तिमीसँग प्रकृति ।

(कवीयत्री निरु चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ४ निवासी हुन् )

तपाइँको प्रतिक्रिया ।