खुम्बु पासाङल्हामुका अध्यक्ष स्वर्गीय ङिम दोर्जी शेर्पाको निधन प्रति बुढानिलकण्ठमा श्रदान्जली

खुम्बु पासाङल्हामुका अध्यक्ष स्वर्गीय ङिम दोर्जी शेर्पाको निधन प्रति बुढानिलकण्ठमा श्रदान्जली

कपन अनलाइन

काठमाडौं ,असार ४।

असार २ गते  बिहान ३८ वर्षको उमेरमा निधन भएका खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पालाई बुढानिलकण्ठ नगरपालिकामा आयोजित कार्यक्रममा श्रदान्जली ब्यक्त गरिएको छ।

सोलुखुम्बु जिल्लाका लोकप्रिय युवा नेता रहेका स्वर्गीय शेर्पालाई फारक शेर्पा किदुक  कपन  आयोजित एक  कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल लगायतले  श्रदान्जली व्यक्त गरेका छन ।

विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर काठमाडौं बाट उनको  जन्मस्थल लुक्ला लगिएको  थियो ।उनको अन्तिम संस्कार लुक्ला मै गरिएको छ। खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय शेर्पा  नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुन् ।

सोलुखुम्बु जिल्लाको राजनीतिक र सामाजिक परिवर्तनमा सक्रिय पेशाले पर्यटन तथा होटल व्यवसायी रहेका थिए। चौरीखर्क मध्य वर्तिक्षेत्रको  विभिन्न जिम्मेवारीमा रहेका उनले सो क्षेत्रको वातावरण संरक्षणमा निकै ठुलो भूमिका खेलेका थिए।

सोलुखुम्बु सहित काठमाडौंमा क्रियाशील रहेका शेर्पाको लुक्ला सम्म सडक संजाल विस्तार गर्ने सपना बोकेर विकासमा सक्रिय रहेका उनको अल्पायु मै भएको निधनले सोलुखुम्बु जिल्लाको विकासमा ठुलो क्षेती पुगेको एक स्थानीय नेताले बताएका छन।

खुम्बु क्षेत्रको सरसफाई र पर्यावरणीय सुरक्षा प्रति चिन्तित रहेका शेर्पाले सगरमाथा सरसफाई अभियानको पनि नेतृत्व गरेका थिए।

तपाइँको प्रतिक्रिया ।