राष्ट्रिय युवा परिषदको आयोजनामा तालिम प्रदायक संस्थाहरु संग अन्तरक्रिया

राष्ट्रिय युवा परिषदको आयोजनामा तालिम प्रदायक संस्थाहरु संग अन्तरक्रिया

कपन अनलाइन 

काठमाडौं ,असार ४

राष्ट्रिय युवा परिषदको आयोजनामा   सरकारी तालिम प्रदायक संस्थाहरु संग  अन्तर्किया तथा  समन्वय बैठक सम्पन्न भएको छ ।

युवा  परिषदका कार्यकारी उपाध्यक्ष  माधवप्रसाद ढुङ्गेलको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय प्रा.डा. पुष्प कँडेलको उपस्थितिमा भएको अन्तरक्रियामा सरकारी निकायहरुबाट सञ्चालन भैरहेका युवाको व्यवसायिक सीप विकासको तालिम,युवाहरुलाई रोजगार तथा व्यवसायमा संलग्न गराउने उपाय ,तालिमहरुको प्रभावकारिता ,युवा लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा छलफल गरिएको थियो।

 अन्तरक्रियाको शुरुवात गर्दै परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले  विशेषत: राष्ट्रिय युवा परिषद CTEVT र युवा स्वरोजगार कोष बीच त्रिपक्षीय समझदारी गरी च्यानलिङ् गरी सबैको भूमिका किटान गरी Pre training, during the training and Post training का सम्बन्धमा आवश्यक समझदारीका साथ अघि बढ्न चाहेको बताएका थिए ।

युवा लक्षित कार्यक्रमहरुका लागि राज्यले धेरै बजेट विनियोजन गरेतापनि कार्यक्रमहरु विभिन्न निकायमा छरिएर रहेको र आपसी समन्वय र सहकार्यको अभावमा परिणाम दिन नसकिरहेकोले  परिषदले तालिमका लागि युवाको छनौट तथा सिफारिस गर्ने CTEVT ले गुणस्तरीय तालिम सीप परीक्षण तथा प्रमाणीकरण गर्ने र स्वरोजगार कोषले उद्यमका लागि ऋण प्रदान गर्ने र राष्ट्रिय योजना आयोगले  अनुगमन मूल्याङ्कन तथा सहजीकरण गर्नेगरी समझदारी गर्नु पर्ने ढुंगेलले प्रस्ताव गरेका थिए। 

सो  अन्तरक्रियाका  प्रमुख अतिथि योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले राज्यको लगानीको प्रभावकारीता बढाई  युवालाई उद्यमशिल र स्वरोजगार बनाउन र कोभिड १९ का कारण  रोजगार गुमाएका युवालाई रोजगार दिनका लागि छोटो अवधिका तालिमको महत्वपूर्ण भूमिका हुने धारणा राखेका थिए ।

उनले विभिन्न मन्त्रालय सम्बद्ध तालिम प्रदायक निकायहरु बीच समन्वय गरी आपसी साझेदारी र सहकार्यको वातावरण बनाउन आवश्यक अध्ययन गरी नीतिगत कानूनी वा प्रक्रियागत जटिलता फुकाइ सहजीकरण गर्नका लागि योजना आयोगका सदस्य  डा. उषा झाको संयोजकत्वमा विभिन्न १० वटा मन्त्रालयहरुका सहसचिवहरु सम्मिलित एक कार्यदल गठन गर्न  निर्देशन दिएका थिए ।


उक्त अन्तरक्रिया कार्यक्रममा योजना आयोगका सदस्य द्वय  डा. उषा झा  र  मिनबहादुर शाही  योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव  सञ्जय शर्मा, युवा तथा खेलकुद मन्त्रालयका सचिव , रामप्रसाद थपलिया सहसचिवहरु कृष्णप्रसाद काप्री ,डा. मानबहादुर वि.के. , बीर बहादुर राई (रायोआ) डा. किरण रुपाखेती (रायोआ), इभेन्ट परियोजनाका निर्देशक चन्द्रकान्त भुसाल, CTEVT का सदस्य-सचिव डा. पुष्परमण वाग्ले र निर्देशक  प्रमोद भक्त आचार्य र देवेशचन्द्र देवकोटा, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, उपसचिव  केवलीराम अधिकारी कमला ज्ञवाली , ध्रुवराज पौडेल, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका निर्देशक विष्णुप्रसाद गौतम तथा नरबहादुर साउद , इभेन्ट परियोजनाका  शिवराज पोखरेल लगायतको  सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।