सवारी पास सम्बन्धि जिल्ला प्रशासन कार्यालय काठमाडौंको जरुरि सुचना

सवारी पास सम्बन्धि जिल्ला प्रशासन कार्यालय काठमाडौंको जरुरि सुचना

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ पास दिन बन्द गरेको छ । गत २८ गतेको मन्त्रिपरिषद्को बैठक ३० गतेको गृह मन्त्रालयको निर्देशन अनुसार जिप्रकाले आइतबार एक सूचना जारी गर्दै पास बन्द गराएको जानकारी दिएको हो ।

नयाँ व्यवस्था अनुसार  काठमाडौँ उपत्याका बाहिर रहेका व्यक्ति काठमाडौं भित्रिन चाहेको खण्डमा काठमाडौँको कुन नगरपालिकामा बस्ने हो त्यही नगरपालिकाले आउनुपर्ने जिल्लाको जानकारी सहित प्रवेशको अनुमति निवेदन कार्यालयमा दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर पास उपलब्ध गराउने जानकारी गराएको छ ।यस्तै काठमाडौँबाट बाहिर जानको लागि भने व्यक्तिगत र संस्थागत आवश्यकता देखाएर कागजपत्र पेश गर्न अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।