नयाँ नक्शाको स्वागत गर्दै टोखा नगरपालिकामा दिपावली
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३२।
नेपाल सरकारले लिम्पियाधुरा,कालापानी, लिपुलेक सहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संसदले पारित गरेको खुशियालीमा टोखा नगरपालिकामा दिप प्रज्जवलन गरिएको छ।
प्रतिनिधि सभाले सर्वसम्मतिले नेपालको सो नक्शाका लागि संविधान संसोधन प्रस्ताव पारित गरे संगै टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीसहित जनप्रतिनिधि ,कर्मचारी तथा स्थानीय जनताहरुले दिप प्रज्वलन गरेका थिए।
नेपालको इतिहासमा जेष्ठ ३१ गते ऐतिहासिक रहेको र यसले गौरव अनुभूति भएको भन्दै त्यहि विशेष अवसरलाई स्मरणीय बनाउनका लागि दिपावली गरिएको टोखा नगरपालिकाले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।