भौतिक दुरीको खिल्ली उडाउदै चम्पादेवीका चर्चित नेताहरु

भौतिक दुरीको खिल्ली उडाउदै चम्पादेवीका चर्चित नेताहरु

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ ३१ ।

अहिले विश्व भर कोरोना प्रकोपका कारण निकै कस्टकर अवस्था सिर्जना भए संगै यसका विरुद्ध लडनका लागि सबै एकजुट भएर लागेका छन।

कुनै पनि उपचारको व्यवस्था नभएको र व्यक्तिगत सावधानीले मात्र यो विरुद्ध लड्नु पर्ने आवस्थामा भौतिक दुरीलाई सबै भन्दा प्रभावकारी उपाय मानिएको छ।

लकडाउनको अवस्थामा जुन सुकै स्थानमा पनि भौतिक दुरी कायम गरेर गतिविधि गर्नु पर्ने आधारभूत मान्यतालाई चम्पादेवीका चर्चित नेताहरुले पनि खिल्ली उडाएका छन।

माथिको  तस्विरमा  चम्पादेवीका प्रमुख दलका नेताहरु कुनै बिहेका दुलहीको कन्यादान गरे झैँ राहतको बोरा लिएर उभिएका छन।केहि समय अगाडी सम्म भौतिक दुरी तथा अन्य ज्ञानको बखान गर्ने उनीहरुले यस्तो गतिविधि गर्दा जनता भने आश्चर्यमा परेका छन।

सो तस्विरमा गाउँपालिका अध्यक्ष नवराज केसी ,वडा नं ७ का अध्यक्ष सुरेस थापा ,वडा नं ८ का अध्यक्ष अजय लुइँटेल ,नेकपा ओखलढुंगा जिल्ला कमिटि सदस्य तथा  चम्पादेवीका इन्चार्ज  तिर्थ सुवेदी ,नेकपा चम्पादेवीका अध्यक्ष खड्ग बहादुर कार्की लगायतका नेताहरु प्रफुल्लित भएर राहत समाइरहेका देखिन्छन।

यो तस्विर गाउँपालिका वडा नं ९ का  उत्तम फुयाल (Avimanyu Phuyal ) ले  सामाजिक संजालमा राखिए संगै जनताले भने निकै व्यंग्यात्मक र तिखो टिप्पणी गरेका छन।यो तस्विर सार्वजनिक भए संगै जनताको विचमा भने जो मुखिया उही बाटो …. भन्दै  नेताहरुको लापरवाहीको चर्चा चलिरहेको छ।

तपाइँको प्रतिक्रिया ।