छहारी युवा क्लब गोकर्णेश्वर ८ द्वारा बिभिन्न बिषयमा छलफल
कपन अनलाइन
काठमाडौं जेठ ३१। गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित छहारी युवा क्लब परिसरमा बिभिन्न बिषयमा सामाजिक दुरी कायम गरि छलफल भएको छ ।छहारी युवा क्लबको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ भित्र रहेका बिभिन्न संघ सस्था महिला समुह तथा स्थानीयको उपस्थिति मा भएको सो छलफलको अध्यक्षता छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन क्लबका सचिब बुद्द श्रेष्ठले गरेका थिए ।
उक्त छलफलमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आर्थिक वर्ष २०७७/७८को लागि योजना संकलनार्थ छलफल गरिएको थियो। भने सोहि कार्यक्रममा बिगत लामो समय देखि बन्न नसकेको जोरपाटी सुन्दरीजल सडक र त्यसले स्थानीयलाइ पारेको असरको बारेमा समेत छलफल भएको थियो भने वडामा भएका फोहोरमैला, खानेपानी लगायतको समस्या समाधानका लागि कसरी अघि बढ्न सकिनेछ। जस्ता बिषयले प्राथमिकता पाएको थियो।
त्यस्तै कार्यक्रममा ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्साका लागि धन्यवाद ज्ञापन सहित आइतबार एम सी सी को बिरोध स्वरूप र्याली गर्ने समेत निर्णय गरेको थियो। मुख्य तय सुन्दरीजल जोरपाटी सडक लामो समय देखि बन्न नसकेकोमा आक्रोस ब्यक्त गर्दै उनीहरुले नगरपालिका तथा वडामा ज्ञापन पत्र सहित चांडो भन्दा चाडो निर्माणको लागि दबाब दिने त्यसको लागि डेलिगेसन समेत जाने सहभागी हरुले बताएका थिए।
त्यस्तै उनीहरुले वडालाइ नमुना वडा बनाउनको सकारात्मक सहयोग जारिरहने बताएका थिए। उनीहरुले यस्तो छलफल भेला महिना दुइ पटक सम्म गर्ने बताएका थिए।कार्यक्रममा समाजसेवी लक्ष्मी पुडासैनी लगायतले आफ्नो धारणा राखेका थिए ।