प्राबिधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता हो :दिपक रिसाल (अरुणोदय माबी व्यवस्थापन समिति अध्यक्ष)
कपन अनलाइन
काठमाडौं, जेठ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित अरुणोदय माध्यमिक बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण बिहिबार शिलान्यास सम्पन्न भएको छ ।विश्व कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको बेला सोहि महामारिलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण कार्यको बिहिबार शिलान्यास सम्पन्न भएको हो।
नगर प्रमुख सन्तोष चालिसेले शिलान्यास गरेको कार्यक्रममा सभाध्यक्षको आसन बाट बोल्दै अरुणोदय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम समाजसेवी तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले कोरोना महामारीको विषम परिस्थितिमा पनि कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।
बिद्यालयले ७० वर्ष पार गरिसक्दा पनि साँघुरो ठाउँमा रहेको बिद्यालयलाइ स्थानान्तरण गर्न यो वर्ष सफल भएको बताए उनले जग्गा प्राप्तिको लागि सो ठाउँ पहिचान गर्नको लागि सहयोग पुर्याउने समाजसेवी भीमसेन थापा नगरपालिका लगायतलाइ बिशेष धन्यवाद दिएका थिए ।उनले जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझी जसले सो बिद्यालय निर्माणको लागि बिशेष भूमिका खेलेको बताए ।उनले प्रधानाध्यापकको सक्रियता र शिक्षकहरुको लगनशीलताले नै बिध्यालय आजको दिन सम्म आइपुग्न सफल भएको बताए ।
उनले महामारीको कारण ठप्प भएको पढाइ सुचारु भए संगै स्थानीय बिद्यार्थीहरु लिनु पर्ने भन्दै त्यसको लागि कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।उनले नेपालका कति पय सामुदायिक बिध्यालयमा भर्ना गर्न सार्है कठिन हुने र पावर लाए पछि मात्र भर्ना लिने गरेको आफुले जानकारी पाएको बताउदै अरुणोदय माविमा पनि त्यस्तै बातावरण सिर्जना गर्नु पर्ने बताए। उनले त्यसको लागि शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने बताउदै त्यस पछि स्व इक्छाले बिद्यालयमा विद्यार्थीहरु आउने पनि बताए। जसको लागि सबै जना एक जुट भएर लाग्नु पर्ने पनि बताए।
उनले अरुणोदय माविले प्राबिधिक शिक्षा अन्तर्गत सिभिल इन्जीनियरिंग को कक्षा समेत संचालन गर्न लागिएको र प्लस टुको योजना समेत ल्याउन लागेको बताएका थिए । अहिलेको शिक्षा रोजगारमुखी नभएका कारण पनि प्राबिधिक शिक्षाको आवस्यक्ता परेको उनको भनाई रहेको थियो । प्राविधिक तथा दक्ष जनशक्ति अभाव रहेको बताउदै कतिपय निजी क्षेत्रसमेत दक्ष जनशक्ति अभावको सामना गरिरहेको बताए । वैदेशिक रोजगारीमा गएका मध्ये अधिकांशले आवश्यक सीप सिकेका छैनन् । जसका कारण कम तलबमा काम गर्नुपरेको छ । प्राविधिक बिध्यालयको स्थापनाले देशको दक्ष जनशक्ति अभावलाई धरै हदसम्म पूर्ति गर्नेछ भन्ने बिश्वास ब्यक्त गर्दै प्राबिधिक तथा व्यवसायिक शिक्षा आजको आवश्यकता भएको बताए ।
फोटो :सरोज बस्नेत