अरुणोदय मा बी आरुबारीले प्राबिधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिंगका कक्षाहरु पनि संचालन गर्ने :प्रधानाध्यापक कृष्णप्रसाद नेपाल

अरुणोदय मा बी आरुबारीले  प्राबिधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिंगका कक्षाहरु पनि संचालन गर्ने  :प्रधानाध्यापक कृष्णप्रसाद नेपाल

कपन अनलाइन

काठमाडौं, जेठ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित अरुणोदय माध्यमिक बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्णबिहिबार शिलान्यास  सम्पन्न भएको छ ।विश्व कोरोना  भाइरसको  सङ्क्रमणसँग जुधिरहेको बेला सोहि महामारिलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण कार्यको  बिहिबार शिलान्यास  सम्पन्न भएको हो। नगर प्रमुख सन्तोष चालिसेले शिलान्यास गरेको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद नेपालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

बिध्यालयले गोकर्णेश्वर नगरपालिका मात्र नभएर एउटा देशकै उत्कृष्ट बिध्यालय बनाउने अभियानको यात्रा मा रहेको  उनले बताए ।उनले सो यात्रामा बिध्यालयमा बिभिन्न सुधारका कार्यक्रमहरु अगाडी बढाइरहेको जानकारी गराउदै अहिले कोभिडको महामारीको बाबजुत पनि बिध्यालयमा गर्नु पर्ने आन्तरिक सुधारका कार्यक्रमहरु जारि राखेको बताए। उनले फर्निचर ममर्त भित्तेलेखन,बोर्ड निर्माण शैक्षिक सामग्री निर्माण, बिद्यार्थीहरुका लागि पाठ्य सामग्रीहरु निर्माणका कार्यहरु सामाजिक दुरी कायम राख्दै सुरक्षित तवर बाट आलोपालो गरि शिक्षकहरुले काम गरिरहेको जानकारी गराए।

उनले गत वर्ष बाट बिद्यालयले प्राबिधिक शिक्षा प्राबिधिक धार अन्तर्गत सिभिल इन्जिनियरिंगका कक्षाहरु पनि संचालन गरेको र यो बैशाख बाट कक्षाहरु संचालन गर्नु पर्ने र बिध्यालयले सो कोलागि कक्षा १० को अनुमति पनि प्राप्त गरिसकेको बताए ।उनले कक्षा संचालन भर्नाको लागि कोरोना को कारण अहिले उपयुक्त बातावरण भइनसकेको र उपयुक्त बातावरण हुने बित्तिकै भर्ना अभियान संचालन गर्ने बताए।  उनले प्राबिधिक शिक्षा अन्तर्गत का साथै बिध्यालयमा बिद्यार्थीहरुको बढ्दो चापका कारण स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले अहिले बिध्यालयमा कक्षा १० सम्म मात्रै ९८३ जना  बिद्यार्थीहरु अध्ययनमा संलग्न रहेको बताउदै अझ बिद्यार्थीको चाप बढ्दो रहेको बताए। उनले त्यो  प्राबिधिक शिक्षा ९ -१२ को हुँदा खेरि अहिले १० कक्षा जाँदा खेरि नै कक्षा संचालन ठाउ नभएको कारण जिल्ला आयोजना कार्यान्वयन इकाईलाइ गरेको अनुरोध लाइ स्वीकार गर्दै पानी खोल्सामा भए पनि शुरु गरौ भन्ने प्रस्ताब अनुसार समाजसेवी भीमसेन थापा नगरपालिका लगायतको सहयोग रहेको बताए।

 उनले प्राबिधिक शिक्षा ९-१२ संचालन गर्नको लागि २१ वटा कोठा आवश्यक रहेको र हाल जिल्ला आयोजना कार्यान्वयन इकाई बाट निर्मित ४  वटाकोठा मात्र निर्माण सम्पन्न भएको पनि जानकारी गराए  ।उनले सो बिद्यालय निर्माणस्थल पहिरोको जोखिम रहेको हुँदा सो पहिरो रोकथाम को लागि हाल दश लाखको लागतमा पर्खाल निर्माण गर्न लागिएको पनि जानकारी गराए। उनले बिध्यालयलाइ यहा सम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।