भूकम्पले क्षति पुर्याएको कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित कृष्ण प्रणामी मन्दिर पुनर्निर्माण कार्यले गति लिदै
कपन अनलाइन
काठमाडौं, जेठ २८ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ भौमालमा भूकम्पले क्षति पुर्याएको कृष्ण प्रणामी मन्दिर पुनर्निर्माण कार्यले गति लिएको छ ।लकडाउनको कारण सिर्जना भएका बिभिन्न कठिनाइका बाबजुत पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइरहेको नगर प्रमुख कृष्णहरि थापाले कपन अनलाइनलाइ बताए।
उनका अनुसार सो मन्दिर पुनर्निर्माणको लागि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता एंब काठमाण्डौ निर्बाचन क्षेत्र नं. २ का निर्वाचित सांसद माधब कुमार नेपाल बाट स्थानीय पुर्बाधार बिकाश कोष को आ.व. ०७६/०७७ मा रू २५ लाख सिफ़ारिश गरेको रकम बाट काम अघि बढिरहेको बताए।उनले उक्त क्षेत्रको निरीक्षण समेत गर्दै आएको बताए। उनले कागेश्वरी मनोहर नगरपालिकाले कोरोना संक्रमण रोकथाम संग संगै पूर्वाधार विकास निर्माणको कामलाइ पनि अगाडी बढाएको जानकारी गराउदै नगर भित्र राहतको लागि रोजगारी कार्यक्रम समेत चलिरहेको बताए ।