लायन्स क्लब द्वारा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित ज्येष्ठ नागरिक सेवा केन्द्रलाइ वासिंग मेसिन सहित खाद्यान्न सहयोग

लायन्स क्लब द्वारा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित ज्येष्ठ नागरिक सेवा केन्द्रलाइ वासिंग  मेसिन सहित खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं,जेठ २८। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १मा अवस्थित श्री ज्येष्ठ नागरिक सेवा केन्द्रलाइ खाद्यान्न सहित लुगा धुनको लागि सहज होस् भनेर वासिंग मेसिन प्रदान गरिएको छ ।लायन्स क्लव अफ काठमाण्डौ कागेश्वरी र  लायन्स क्लव अफ काठमाण्डौ फेलोसिप को संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालीका वडा नं. १ मा अवस्थित श्री जेष्ठ नागरीक सेवा केन्द्रलाइ मंगलबार १ थान वासिंग मेसिन सहित खाद्यान्न  सहयोग गरिएको हो।

 उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा  ,लायन लक्ष्मी पौडेल अर्याल , लायन मोहन अर्याल , लायन निराजन अर्याल, लायन पुष्कर अर्याल , लायन मुकुन्द अर्याल , लायन लक्ष्मण थापा , लायन श्याम प्रसाद अधिकारी लगायत  आयोजक संस्थाका पदाधिकारी तथा लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो। ज्येष्ठ नागरिकहरु बस्दै आएको उक्त संस्थामा लुगा धुनको लागि सहज होस् र लकडाउनको कारण खाद्यान्न समस्या नहोस भनेर क्लबको तर्फ बाट खाद्यान्न सहयोग गरिएको आयोजकले जनाएको छ ।

 

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले आयोजकलाइ धन्यवाद दिदै नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि काम गर्दै आएको बताए। उनले  ज्येष्ठ नागरिक हाम्रा मार्गदर्शक भएको बताए। उनले भने,  आज हामी जहाँ छौँ, जे छौँ, उनीहरूकै कारणले छौँ। आफ्ना सबै इच्छा र चाहनाहरूलाई तिलाञ्जलि दिई ऊर्जाशील समय परिवारको रेखदेख र मार्गदर्शनमा लगाएका, राष्ट्रमा योगदान दिएका ज्येष्ठ नागरिकहरू जिउँदा पुस्तक  भएको हुँदा उनीहरुलाई सम्मान गर्नुपर्ने बताए । अहिले उक्त संस्थामा महिला ज्येस्ठ नागरिकहरु मात्र बस्दै आएको हुँदा थप अर्को भवन निर्माण गरि पुरुष ज्येष्ठ नागरिकहरुलाई पनि राख्ने बातावरण मिलाउन संस्थाले गरेको आग्रहलाइ नगरपालिकाले सकारात्मक रुपमा लिएको र त्यसको लागि पहल गर्ने पनि बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।