नेपाल रेडक्रस सोसाइटी कपन उपशाखा विस्तारमा बागमती प्रदेस सरकारको सहयोग

नेपाल रेडक्रस सोसाइटी कपन उपशाखा विस्तारमा बागमती प्रदेस सरकारको सहयोग

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २८ ।

काठमाडौं क्षेत्र नं ४ (२ ) बाट निर्वाचित  बागमती प्रदेशका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहलमा प्रदेस सरकार द्वारा विनियोजित बजेटले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको भवन विस्तार कार्य भैरहेको छ।

बागमती प्रदेस सरकारको २० लाख र संघीय सरकारको १० लाख रुपैया बजेट बाट सो भवनको विस्तार कार्य अगाडी बढाईएको  शाखाका सभापति पुस्कर चालिसेले जानकारी दिएका छन।

कपन रेड क्रस शाखाको पुरानो भवनमा रेक्टो फिटिंग गर्नुका साथै पाँच पिलर थप गरि बहुउपयोगी भवन निर्माणमा गर्न लागिएको जानकारी दिदै सभापति चालिसेले सो भवनमा विपद व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने बताएका छन।

यो भवन संगै काठमाडौं क्षेत्र नं ४ (२) मा अन्य पूर्वाधार विकासको काम जारीरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।