कपन : जव डुब्छ तव जाग्छ,जब सुक्छ अनि सुत्छ

कपन : जव डुब्छ तव जाग्छ,जब सुक्छ अनि सुत्छ

कपन अनलाइन

काठमाडौं जेष्ठ २७  /पुन्यराज पुडासैनी 

जेष्ठ २५ गते राति परेको वर्षाका कारण कपन क्षेत्र डुवानमा परेको थियो ।उक्त भिषण वर्षाका कारण बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का केहि क्षेत्रहरु निकै प्रभावित बनेका छन।सो क्षेत्रका खहरे किनार र भित्रि क्षेत्रका अधिकांस घरहरुमा मध्यरातमा पानि पसेको थियो।

यसरि कपन क्षेत्र डुवानमा परे संगै धेरैको आक्रोस,सुझाव, पिडा अनि समाधानका सटिक श्लोकहरुले  सामाजिक संजाल  भित्ता रंगिए  । यसरि सो क्षेत्रको डुवान समस्याले सताइरहदा देखिन्छ जव पानी पर्छ  कपनले अव सबै कुरा विर्सिएर यो समस्या मात्र देख्छ  तर जव घाम लाग्छ कपनले त्यो बिर्सन्छ। अनि चर्चित कथाको छेपारो झैँ मस्त घाममा कपन रमाउदै अर्को झरीको प्रतिक्षा गर्दछ।

कपन “जापान” बनेको हुनाले “सुनामी” आउनु स्वाभाविक रहेको भन्दै स्थानीय विकासमा लामो समय देखि कलम चलाउदै आएका अग्रज  पत्रकार केशव राज पाठकले एक स्थानीय नेतालाई गरेको व्यंग्य धरातलमा प्रकट भैरहदा जव  कपन डुब्छ  अनि दशकौ देखि विभिन्न भूमिकामा  यो समस्या समाधान गर्ने जिम्मेवारी पाएकाहरुनै सामाजिक संजालमा आर्तनाद गर्न हतारिन्छन।

कपन क्षेत्रका जनाताको विडम्बना जव ढल फोडेर सडकमा दौडिएको पानी कोठा कोठामा सल्बलाउछं अनि यसले माथिका पात्रहरुको औलामा बेजोड उर्जा दिन्छ अनि ति सामाजिक संजालका भित्ताहरुमा रफ्तारमा कुदछन। यो रफ्तारमा इन्धन त् झन् त्यस वेला थपिन्छ जव यसको अग्रभागको जिम्मेवारी पाएका जनप्रतिनिधिहरुनै संजालको यो दौडमा उत्रिन्छन।

डुवानले बनाएका टापुमा बसेर रोम जल्दा निरोले बजाएको बासुरी झैँ सामाजिक संजालमा विभिन्न राप अलाप्ने प्रवृतिको सिकार कपनको वास्तविक पिडा भने खिल पल्टिएको  घाउ झैँ भित्र भित्रै दुखिरहेको वर्षौ भैसकेको छ।

हरेक वर्ष त्रासदी बोकेर आउने वर्षाको पानी सडकमा नसुकुन्जेल सम्म माहोल तातिरहेको हुन्छ कपन क्षेत्रमा अनि विस्तारै पानी सुके संगै केहि नभए झैँ कपन सुत्छ अर्को वर्षात पर्खिदै।

सडक,ढल र संरचना मात्र विकास हो भन्दै कपनलाई “जापान ” बनाएको सगौरव घोषणा गर्ने स्थानीय नेता र उनको सोचलाई पदचाप बनाएर अगी बढाउने अन्य कुरूप कपनका कालीगडहरुले बाढीले बगाएको जनताको गाँस र बिगारेको बास नदेखेको दशकौ भैसकेको छ।अनि प्रत्येक वर्ष बाढी महात्म्य वर्णन गर्दै जान्ने सुन्नेहरुको दोषारोपण दोहोरी जनताले रस्वोस्वादन गरेको पनि दशकौ भैसकेको छ।

विकास दृष्टिकोणको अदुरदर्शी नमुनाका रुपमा रहेका डुवान क्षेत्रका बस्तिहरुमा भेल बढे संगै नेताहरुको हुल बढेको पनि कपनका जनताले पटक पटक देखका छन भने चुनावमा यो समस्या समाधान भाषण र प्रचार पुस्तिकामा पनि नदेखेका हैनन। तर समस्या जहाँ को तही छ।

तपाइँको प्रतिक्रिया ।