प्रमुख दलहरुद्धारा संविधानसभाको म्याद थप्ने निर्णय

९ जेठ,काठमाडौ। प्रमुख  तीन दल र मधेसी मोर्चाविच संबिधानसभाको म्याद तीन महिना थप्ने सहमति भएको छ।

सिंहदरवारमा वसेको  वैठकमा सरकारले प्रस्ताव गरेको संबिधानसभाको म्याद थप्ने प्रस्तावमा सैद्धान्तिक सहमति भएको हो ।वैठकमा सरकारका महान्यायाधीवक्ता मुक्ति प्रधानको समेत उपस्थीति थियो ।  कांग्रेसका नेता बिमलेन्द्र निधिले अर्को कुनै बिकल्प नभएकाले म्याद थप्न सहमति जनाएको बताए ।
सहमतिलाई बिधेयकका रुपमा संसदमा लैजान मन्त्रिपरिषद्को वैठक बसेको छ  भने वैठकले तीन महिना समय थप्ने गरि अन्तरिम संबिधान संसोधनका लागि संसद सचिवालयमा बिधेयक दर्ता गर्ने निर्णय गर्ने  बताइएको छ।
सर्वोच्च अदालतले म्याद नथप्न निर्दैशन दिएको भएपनि अव त्यो अवज्ञा हुने भएको छ।तर कांग्रेस एमालले संविधानसभाको म्याद थपको लागी केही शर्त समेत राखेको बताइएको छ।
तपाइँको प्रतिक्रिया ।