तेक्वान्दो खेलाडीलाई राखेप सदस्य सचिव सिलवालको राहत
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २३ ।
कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सहयोग गरेका छन।
उक्त अवसरमा दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।
सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्री लगायतले खेलाडीलाई राहत वितरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।